डडेल्धुरामा जिप दुर्घटना, सात जना घाइते

डडेल्धुरामा जिप दुर्घटना, सात जना घाइते

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरामा जिप दुर्घटना भएको हुँदा सात जना घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका -५ मेलमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सात जना घाइते भएका र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको  छ। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।  

Logo