अवैध काठसहित ट्रक बरामद

अवैध काठसहित ट्रक बरामद

केन्द्रबिन्दु
0
Shares

रौतहट स्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठ सहितको एउटा ट्रक बरामद गरेको छ।  

डिभिजन बन कार्यालय रौतहटबाट सहायक वन अधिकृत  बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले  ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध  तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो । चन्द्रपुर नगरपालिका जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १ सय ५०  क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले  बताएका छन । 

सशस्त्र बन गस्ती टोलीलाई हेरेर ट्रक चालक ट्रक छोडेर फरार भएको प्रमुख कर्णले जानकारी दिए । बरामद  काठ सहितको ट्रक  आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यलय  रौतहटमा बुझाइएको भन्सार रेन्जपोष्टका प्रमुख राजेश साहले बताए ।

Logo