दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।
घोराही–१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।
मध्यराति लागेको आगो मंगलबार बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।































प्रतिक्रिया