म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो   ।

असोज ५ गते बिहान ०७ः१७ बजे पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नं. को मोटरसाइकलको ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी  थिइन् । 

उनलाई उपचारको लागि एल.एस.न्युरो अस्पतालमा लगिएको थियो।  उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । यादव मंसिर–४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि  छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo