सञ्चारमन्त्री कार्कीले बहिनी ताराको हातबाट लगाए भाइटीका

सञ्चारमन्त्री कार्कीले बहिनी ताराको हातबाट लगाए भाइटीका

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् ।
 
सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गरेका हुन । सञ्चारमन्त्री कार्कीसहित तीन दाजुभाइले टीका ग्रहण गरेको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । उनकाअनुसार सञ्चारमन्त्री कार्कीसहित भाइ देवेन्द्र कार्की र डा. मृगेन्द्र कार्कीले पनि टीका ग्रहण गरेका थिए ।  
       
टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर आदरभाव प्रस्तुत गरेका थिए । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीलाई दक्षिणा तथा उपहार प्रदान गरेका थिए । 
 

Skip This
Skip This
Logo