बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए । जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि घाइते भएकी रोकैदालाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी तिमिल्सेनाले जानकारी दिए । घटनास्थल अमलेखगन्ज आयल निगमको पछाडी भागमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा पर्छ ।

Skip This
Skip This
Logo