काठमाडौं । देशभर कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १७ हजार नाघेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार देशभर डिस्चार्ज हुनेको संख्या १७ हजार नाघेको हो ।
जसमध्ये आइतबार मात्रै १ सय ३४ जना डिस्चार्ज भएका छन । तीमध्ये प्रदेश नम्बर १ मा १ हजार १ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ६ सय १२, वाग्मती प्रदेशमा ६ सय ५४, गण्डकी प्रदेशमा १ हजार ५ सय २८, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८८, कर्णाली प्रदेशमा १ हजार ९ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ रहेका छन् । योसँगै हालसम्म देशभर १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म कतिले ज्यान गुमाए ?
नेपालमा कोरोना भाइरसबाट थप २ जनाको ज्यान गएकोे छ । पर्सामा एक जना पुरुष र मोरङमा १ जना महिलाको कोरोनाकै कारण ज्यान गएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमकाअनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ४ पुगेको छ ।
आज मात्रै कति थपिए संक्रमित ?
आइतबारमात्रै ६ सय ४१ जना नयाँ संक्रमित थपिएका छन । नयाँ संक्रमितमा २ सय १८ जना महिला र ४ सय २३ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमित हुनेको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
काठमाडौं उपत्यकामा संक्रमणको अवस्था कस्तो छ ?
काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् ।
देशभर कतिले उपचार गराउँदै आएका छन् ?
अहिलेसम्म आइसियुमा १ सय जनाले उपचार गराइ रहेका छन् । प्रदेश नम्बर २ मा ४१ जना, वाग्मती प्रदेशमा ४७, गण्डकी प्रदेशमा १, प्रदेश नम्बर ५ मा ११ जना आइसियुमा रहेका छन् । यस्तै वाग्मती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचार गराउँदै आएका छन् ।
सक्रिय संक्रमितको संख्या कति छ ?
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा ८३ हजार ८ सय ६९, वाग्मती प्रदेशमा २ हजार ८६ र गण्डकी प्रदेशमा २ सय ८०, प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० जना रहेका छन् । योसँगै ८ हजार ७ सय २४ जना विभिन्न अस्पतालका आइलोसेलनमा रहेका छन । यस्तै प्रदेश नम्बर १ मा ९३, प्रदेश नम्बर २ मा ९८, वाग्मती प्रदेशमा १ सय ५ र प्रदेश नम्बर ५ मा १ सय ८१ जना होम आइलोसेलनमा रहेका छन । साथै कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १२ जना संक्रमित गरी ४ सय ९७ जना होम आइलोसेनमा रहेका छन ।
क्वारेन्टाइनमा हुनेको संख्या कति छ ?
देशभरी क्वारेन्टाइनमा १५ हजार २ सय ४३ जना रहेका छन । जसमध्ये प्रदेश नम्बर १ मा २ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा १ हजार ६ सय ३१, वाग्मती प्रदेशमा १ हजार ७ सय ४० र गण्डकी प्रदेशमा २ हजार ९ सय ९९, प्रदेश नम्बर ५ मा २ हजार ८, कर्णाली प्रदेशमा ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ७६ जना क्वारेन्टाइनमा रहेका छन ।
परीक्षणको अवस्था कस्तो छ ?
पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म देशभर ५ लाख १७ हजार ९ सय ७ पीसीआर परीक्षण गरिएको छ ।































प्रतिक्रिया