दाङमा मोटरसाइकल दुर्घटना हुँदा रवि बस्नेतको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा रवि बस्नेतको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तुलसीपुरको मदनआश्रित चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले बताए । 

शुक्रबार राति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका–६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल पल्टिदा बस्नेत घाइते भएका थिए । घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Logo