कालीकोटमा बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटकाका अनुसार तिलागुफा नगरपालिका -१० रानावाडामा बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
साथै विस्फोटमा ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुको हाल प्रादेशिक अस्पताल सुर्खेतमै उपचार भैरहेकाे छ ।
पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको र सो बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीले जनाएको छ । त्यसको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।





























प्रतिक्रिया