खुकुरी प्रहारबाट खोटाङमा काकाको हत्या

खुकुरी प्रहारबाट खोटाङमा काकाको हत्या

केन्द्रबिन्दु
0
Shares

खोटाङमा भतिजाको खुकुरी प्रहारबाट काकाको मृत्यु भएको छ । वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको मृत्यु भएको हो । 

खुकुरीले गर्दनमा लागेका राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए । मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि काकालाई खुकुरी प्रहार गरेको भन्दै खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

काका भतिजाको आँगन एउटै छ । घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको हो । परिवारका सदस्य बाहिर रहेका मानबहादुर घरमा एक्लै बस्दै आएका थिए ।

Skip This
Skip This
Logo