रौतहटमा भव्यताका साथ मनाइँदै छठ, सुरक्षार्थ २ हजार बढी जनशक्ति परिचालन

रौतहटमा भव्यताका साथ मनाइँदै छठ, सुरक्षार्थ २ हजार बढी जनशक्ति परिचालन

केन्द्रबिन्दु
0
Shares

रौतहटमा छठ पर्वको भव्य तयारी गरिएको छ। नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिन्छ । छठ पर्वको अवसरमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिन दुई हजार बढी सुरक्षाकर्मी जनशक्ति परिचालन गरिएको छ।  

रौतहटमा हाल कपडा, खाद्यान्न तथा फलफुलका पसलहरूमा किनमेल गर्ने ग्राहकको भिड देखिएको छ ।  त्यसैगरी अहिले गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शिवनगरका साथै सीमावर्ती भारतिय बजार बैरगनिया,कुण्डवा चैनपुर,घोडाशहनमा पूजा सामग्री, किराना सामान तथा कपडा किनमेल गर्नेहरुको चहलपहल निकै बढेको छ । 

यसपटक  पूजा सामग्रीहरु, फलफूल मिठाइ, छठ पर्वमा प्रयोग हुने बांसको दौरा, सुपरी, माटोको बर्तन, कलश, ढकनाको भाउ आकासिएको छ । त्यसैगरी  हरियो तरकारीको मूल्य निकै बढेको स्थानीयले गुनासो गरेका छन् । 

Logo