हेपेर बोलेको भन्दै ललितपुरमा एक जनाकाे खुकुरी प्रहार गरी हत्या

हेपेर बोलेको भन्दै ललितपुरमा एक जनाकाे खुकुरी प्रहार गरी हत्या

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको बिषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo