वैदेशिक रोजगारबाट छुट्टीमा आएका बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती हेमकला मृत भेटिए

वैदेशिक रोजगारबाट छुट्टीमा आएका बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती हेमकला मृत भेटिए

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको देवदह नगरपालिका-५ पाल्पाली टोलमा एक दम्पती मृत भेटिएका छन् ।

सोमबार बिहान श्रीमान्-श्रीमतीको मृत अवस्थामा भेटिएका छन् । घरभित्र चुकुल लागेको अवस्थामा उनीहरूको शव भेटिएको प्रहरीले बताएको छ । वैदेशिक रोजगारबाट केही दिनअघिमात्र छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिएका हुन् । श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा छ । बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा भेटिएका छन् । पत्नीको हत्या गरेर पछि बोलिन्द्रले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको देवदह प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo