विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वाेच्च अदालतले कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ । 

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असुल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाईमा राउतको इजलासले २७ कात्तिकमा छलफलका लागि बोलाएको छ । 

मंसिर ४ गतेबाट सुरु हुन लागेको विश्वकप फुटबलको एकाधिकार पाएको मिडिया होमले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दैछ । जसमा ग्राहकले थप ५०० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरेकाे छ । त्यहाँबाट मिडिया हबले एक अर्ब रुपैयाँभन्दा बढी असूल गर्न खोजिएको र सो लागू नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो । 

रिटमा मिडिया हब प्रालि, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, टेलिभिजन सिग्नल सेवा प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज प्रालि, भायोनेट कम्युनिकेशन प्रालि, एडप्याड एक्युजिशन प्रालिलाई विपक्ष बनाइएको थियो । 

Logo