सकियो खग्रास चन्द्रग्रहण

सकियो खग्रास चन्द्रग्रहण

केन्द्रबिन्दु
0
Shares

खग्रास चन्द्रग्रहण सकिएको छ ।  

नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । 

सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टे«लियाबाट समेत देखिन्छ । चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । 

बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन भएको थियो । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।  

Skip This
Skip This
Logo