डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ ।
राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का सुदुरपश्चिम र कणालीका विभिन्न जिल्लामा समेत महसुस भएको छ ।
भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण छैन । पछिल्लोसमय नेपालका विभिन्न स्थानमा भूकम्प गइरहेको छ ।





























प्रतिक्रिया