नेवार समुदायले मनाए सकिमा पुन्ही

नेवार समुदायले मनाए सकिमा पुन्ही

केन्द्रबिन्दु
0
Shares

काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् ।  कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट  विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् । 

काठमाडौं उपत्यकाका विचिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट  विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति मन्दिर परिसर र विभिन्न टोलमा हर्षोल्लासका साथ यो पर्व मनाएका छन् । नयाँ गेडागुडीबाट विभिन्न देवीदेवताको मन्दिर बनाइ मन्दिरअघि र आफ्नो घरअगाडि प्रदर्शन गर्ने प्रचलन रहेको स्थानीयहरु बताउँछन् । 

यस क्रममा मंगलवार साँझ गहुँ, कालो भटमास, मकै भुटेर बनाइने देवी देवताको मूर्तिको आकृति प्रदर्शन गरिएको थियो । गेडागुडीबाट देवीदेवताको आकृतिको कला दिइएको मूर्तिमा मास, पिँडालु, शखरखण्ड, कन्दमुल, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइएको थियो । 

मन्दिर अघि र टोलटोलमा भजनकीर्तन गाएर देवीदेवताप्रति भक्ति र श्रद्धाभाव दर्शाउने चलन रहेको छ । नेवार समुदायले भजनकीर्तन सकिएपछि फलफूल र रोटीका परिकारहरु एकै ठाउँमा जम्मा पारी प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रही आएको छ । 

Skip This
Skip This
Logo