नेपाली लोक सांगीतिक क्षेत्रका चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर बानियाँ र क्षेत्रीले औपचारिकरुपमा सम्बन्ध विच्छेद गरेका हुन् । सम्बन्ध विच्छेदका लागि क्षेत्रीले केही दिन अघि जिल्ला अदालतमा निवेदन दिएका थिए ।
जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । उनीहरुको एक छोरी छिन् । उनको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।





























प्रतिक्रिया