अध्ययनका लागि जापान पुगेका नेपाली युवकको मृत्यु

अध्ययनका लागि जापान पुगेका नेपाली युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो ।

नेपालको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन् । यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन । मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो । 

आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ । परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ ।

Logo