मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी. र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध प्रश्नपत्रको गोप्पनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको आरोपमा उनीहरुविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
प्रवक्ता भण्डारीकाे विज्ञप्ति-
(क) अंग्रेजी विषयका विज्ञ विनय कुमार दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्कलाई पटक–पटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरे गराएको देखिएको, अन्तर्वार्ताको क्रममा अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको क्थmदय िल्य. राखी संकेत गरी उम्मेदवारको पहिचान गरी प्राप्ताङ्कको आधारमा अन्तर्वार्तामा अङ्क प्रदान गर्ने योजना बनाई सोही बमोजिम अङ्क प्रदान गर्न पहिले दिएको अङ्क केरमेट गरी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको देखिएकोले निज अंग्रेजी विषयका विज्ञ एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहप्राध्यापक डा. विनय कुमार दासलाई ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न मागदावी लिइएको छ ।
श्यामप्रसाद भण्डारी





























प्रतिक्रिया