भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए ।

कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्बरको पानी ट्यांकरमा ठोक्किएको थियो । 

मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय राजन दुवारीको साढे ७ बजे मृत्यु भएको डिएसपी पाण्डेले बताए । 

यस्तै, मोटरसाइकल पछाडि सवार मध्यपुर ठिमी नगरपालिका-३ बस्ने २३ वर्षीय अनिल साह घाइते छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सवारीसाधनहरू प्रहरी र ट्यांकर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रविण सुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo