भक्तपुरमा घरमा आगलागी: एक जनाको मृत्यु, दुई घाइते

भक्तपुरमा घरमा आगलागी: एक जनाको मृत्यु, दुई घाइते

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको कुण्डोलमा भिषण आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । 

भक्तपुरको मध्यपुर थिमी–६ राइटोलमा भीषण आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार थिमीको राईटोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा पुरानोमा आगलागी हुँदा २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भएको छ । 

घटनामा १४ नित्मा खत्री र बालसेवा आधारभुत विद्यालयमा कार्यालयमा सहयोगी रहेकी ६८ वर्षीय तिलककुमारी सिलवाल घाइते भएको पाण्डेले जानकारी दिए । खत्रीको अवस्था खतरामुक्त रहेको र सिलवाल उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।​ प्रहरीका अनुसार बिजुली सर्ट भएर आगलागी भएको हो ।

भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएको छ । आगलागीबाट इँटाले बनेको पुरानो शैलीको घर नष्ट बनेको छ । आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको र मृतक खत्रीको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

Logo