निर्वाचनलाई दियो मौसमले साथ, मतदानको दिन पानी नपर्ने

निर्वाचनलाई दियो मौसमले साथ, मतदानको दिन पानी नपर्ने

केन्द्रबिन्दु
0
Shares

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने जनाएको छ ।

बुधबार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि हल्का चिसो बढ्ने तर पानी नपर्ने जनाएको छ ।

शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको उसले जनाएको छ।

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ। 

आईतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने, उच्च भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।

Skip This
Skip This
Logo