नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउन उत्पादन लागतलाई कम गर्नुपर्छः मुख्यसचिव बैरागी

नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउन उत्पादन लागतलाई कम गर्नुपर्छः मुख्यसचिव बैरागी


नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाली उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागतलाई कम गर्नुपर्ने बताएका छन् । 

शुक्रवार आठौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागत कम गर्नुपर्ने विश्वभरको मान्यता रहेकाले नेपालमा पनि आवश्यक रहेको बताएका हुन् । उनले उद्योग प्रतिष्पर्धी नभएसम्म फस्टाउन नसक्ने बताए । 

मुख्य सचिव बैरागीले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा वाह्य दबाब रहेकाले अवस्था असहज रहेको बताए । उनले वाह्य क्षेत्रको असरले अर्थतन्त्रमा देखिको असहज अवस्था लामो समय नरहने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हामी अहिले पनि अल्पविकशित मुलुकमा छौं । कसरी विकशित मुलुकमा पुग्ने लक्ष्य लिनुपर्छ । नेपालमा अहिले भएको क्षमताले नभ्याएको हुनाले लगानी मैत्री वातावरण बनाउन आवश्यक छ । त्यत्तिकै विदशी लगानी पनि आउँदैन । नेपालको उद्योग क्षेत्रका समस्या र विकासमा ठूलो चुनौती भनेको नीति बनाएर कार्यान्वयन नहुने हो । यी विषयमा हामीले स्वीकार गर्नैपर्ने हुन्छ । नेपाली उद्योग प्रतिष्पर्धी हुनको लागि उत्पादन लागत कम हुनैपर्छ । संसारभरीको मान्यता हो । प्रतिष्पर्धी भएन भने उद्योग फस्टाउँदैन । उद्योग नफस्टाएसम्म उत्पादन बढ्दैन । उत्पादन गर्न नसक्दा निर्यात बढ्दैन र निर्यात गर्न नसक्दा व्यापार घाटा बढ्दै जान्छ । त्यसले गर्दा हामी कुनकुन क्षेत्रमा सक्षम छौं छुट्याएर सकेसम्म उत्पादन लागत कम गर्न सक्नुपर्छ ।’

Logo