काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् ।
शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर साहले यस्तो बताएका हुन् । उनले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरु महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको पनि बताए ।
उनले भने- ‘थिएटर फेस्टिबलहरु, फिल्म फेस्टिबलहरु बजेटमा आइसकेको छैन, तर उहाँहरुसँग बिस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली बजेट किताव (रोतो किताव) मा नै ल्याएर यसलाई भव्य तरिकाले गर्न सकिन्छ की भन्ने आशा छ । महानगरपालिका भएको नाताले कलालाई महत्व दिने कुरा जिम्मेवारी हो र महानगरपालिका भन्नलाई यो चिज चाहिँदो रहेछ । हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दैछौँ । हाम्रो छुट्टै विभागहरु हुँदैन, खेलकुद विभाग छुट्टै छैन । छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ । कला लगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ ।’
मेयर साहले कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि काठमाडौं महानगरपालिकाले कामहरु गरिरहेको बताए ।
नेपाली रंगमञ्चको पछिल्लो सिनारियो हेर्ने हो भने सधैँ खड्किने विषय नाटक लेखनको अभाव नै हो । किनभने जो पनि आउँछ अभिनेता बन्छु मात्रै भन्छ, नाटक निर्देशक बन्छु भनेर आउँछ तर नाटक लेख्ने मान्छे पाइँदैन । लेखक भन्नेकुरा दुर्लभ जन्तु जस्तै भयो । पछिल्लो समय लेखनमा एक किसिमको उदासिनता देखिएको छ । शुन्यता छाएको छ ।





























प्रतिक्रिया