तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

केन्द्रबिन्दु
0
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।  देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 राति प्रदेश १ का हिमाली भू-भागका एक-दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने ठानिएको छ । आइतबार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भूभागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने आँकलन महाशाखाले गरेको छ ।  चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

 

Logo