थापाथलीको सुकुम्बासी बस्तीमा पस्याे महानगरकाे डोजर, स्थिति तनावग्रस्त

थापाथलीको सुकुम्बासी बस्तीमा पस्याे महानगरकाे डोजर, स्थिति तनावग्रस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन महानगरको टोली डोजरसहित पुगेपछि तनावग्रस्त बनेको छ । स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन सूचना जारी गरेको थियो। तर, स्थानीयले अटेर गरेपछि आज बस्ती खाली गर्न महानगरको टोली पुगेसँगै स्थिति तनावग्रस्त बनेको छ ।

बस्तीका मानिसहरुले डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन् । डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भईरहेको छ । सो क्रममा केही नगर प्रहरी घाइते भएकोसमेत बताइएको छ । 

साथै आन्दोलनमा उत्रिएका उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामान भने घरबाट बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् । 

Logo