बागमती प्रदेशमा अब ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने

बागमती प्रदेशमा अब ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र अर्थात ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याएमा पास भएको मानिने व्यवस्था कार्यान्वयनमा आएको छ।

केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सो व्यवस्था कार्यान्वयनमा ल्याउन यातायात व्यवस्था कार्यालय, हेटौंडा, यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको नाममा परिपत्र जारी गरेको हो ।

‘सो सम्वन्धमा सवारी चालक अनुमति पत्रको लागि लिइने परीक्षालाई वस्तुपरक, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन यातायात व्यवस्था विभागबाट मिति २०७७ चैत १९ गते जारी भएको सवारी चालक अनुमति पत्र परीक्षा सन्चालन कार्यविधी निर्देशिका,२०७७ वमोजिम कार्य सम्पादन गर्नु पर्नेमा केही स्थान र अवस्थामा सो वमोजिम भएको नदेखिएको हुँदा देहायका वुँदाहरुको पूर्ण पालना हुने गरि उल्लिखित निर्देशिका वमोजिम नै कामकारबाही गर्नु/गराउनुहुन निर्णायनुसार अनुरोध छ।’ पत्रमा उल्लेख छ ।

यसभन्दा अघि बागमती प्रदेश सरकारले नयाँ नियम भएका कारण आवश्यक तयारी पूरा नहुँदा कार्यान्वयन गर्न नसकिएको भन्दै पन्छिंदै आएको थियो। यस व्यवस्था अनुसार प्रयोगात्मक परीक्षामा ट्राफिक लाइट, उकालो/ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर फरक फरक अंक दिइनेछ।

पत्र-

 

Skip This
Skip This
Logo