धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
९ जना घाइते भएका छन् । दुर्घटना हुँदा तीन महिला, एक पुरुष र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए । सुनसरीको इटहरीबाट जन्तीलिएर महोत्तरीको पिपरा गाउँपालिका जाँदै गरेको बा १ ज ८२९३ नम्बरको वंगर जीप शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको डीएसपी रायले जानकारी दिए ।































प्रतिक्रिया