नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था नै नभएको पाइएको छ ।
नवौं विश्व माटो दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि विभागमा महानिर्देशक डा. रेवतीरमण पौडेलले यस्तो खुलासा गरेका हुन् । उनले भूसंरक्षण सम्बन्धि ऐन भएपनि त्यसमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिने खालको व्यवस्था नभएको स्पष्ट पारे ।
महानिर्देशक पौडेलले खेतीयोग्य जमिनको माटोमा गुणस्तर कायम गर्न तत्काल कार्यविधि ल्याउने घोषणा समेत गरे ।
उनले भने- ‘यो माटो संरक्षणसम्बन्धि कुराहरुमा पनि माटोको भूसंरक्षण सम्बन्धि ऐन तर रहेछ तर यो प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन । यसले खेती नपाएका जमिनलाई समेटेको छ । हामीले अव खेती नभएका ठाउँको माटो त्यति बिग्रेको पनि छैन । खेतीयोग्य जमिनका लाग कसरी माटोहरु बचाउन सकिन्छ ? यो विषयमा ऐन नै नभए पनि केही मापदण्ड वा कार्यविधि ल्याएर गर्नुपर्ने कुराहरु के हुन ? के गर्न हुन्छ, के गर्न हुँदैन ? भन्ने कुरालाई एनलाईसिस गरेर ल्याउन सकियो भने विश्व माटो दिवस मनाईरहँदा यसको प्रचारको कामलाई विकास गर्न सक्छौ जस्तो लाग्छ । त्यसका लागि विद्यालय तहमै चित्रकला, लेखनको माध्यामबाट पनि मोटोको महत्वबारे बोध गराउन सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिने योजना बनाएका छौं ।’
विभागले यस वर्ष विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई माटोको गुणस्तरसम्बन्धि निबन्ध प्रतियोगिता गराएर यस सम्बन्धि जनचेतना जगाउने काममा जोड दिइएको पनि कृषि विभागले जनाएको छ ।
विभागका महानिर्देशक पौडेलले माटोको उर्बरामा ह्रास हुन नदिनका लागि जनचेतना जगाउने काम मुख्य भएकाले सरकारले त्यसलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने योजना तय गरेको बताए । विज्ञहरुले नेपालको तराई क्षेत्रमा माटो बिग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्नका लागि विशेष योजना बनाएर अघि बढन सरकारलाई सुझाव दिँदै आएका छन् ।































प्रतिक्रिया