ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ ।

सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताएका हुन् । अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने उनले बताए । 

उनले भने– ‘यहाँ हामी जितेर आउनुभन्दा पहिला यहाँ महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषको व्यवस्थापन थियो । के कति कारणले हो त्यसको निरन्तरता भएन । अब हामीले यो वर्षदेखि महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोषलाई हामीले निरन्तरता गर्छौं । त्यो बेला कति पैसाको व्यवस्थापन गरिएको छ, त्यो पैसा हामी अब उप्रान्त यो अक्षयकोषमा हामी व्यवस्थापन गर्छौ । अर्को वर्ष तपाईहरुले यसको रिपोर्ट पाउनुहुनेछ ।’
 
ललितपुर महानगरपालिकाले १९औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवस मनाएको छ । सो अवसरमा महानगरले स्वयंसेवकहरुलाई सम्मान तथा प्रोत्साहन समेत गरेको थियो । 

स्वयंसेवकहरुलाई सम्मान गर्दै प्रमुख महर्जनले कोभिड १९ महामारी र डेंगु संक्रमणको समयमा स्वयंसेविकाहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै उच्च प्रशंसा गरे । निरन्तर रुपमा हुने खोप कार्यक्रम र भर्खरै सम्पन्न भएको निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रममा पनि स्वयंसेविकाहरुको उल्लेख्य योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गरे । 

उनले भने– ‘मैले भन्नैपर्छ गएको स्थानिय चुनावमा म लगायत साथीहरु जित्नुको मुख्य कारण तपाईहरु नै हो । तपाईहरुले कोभिड १९, डेंगुको बेलामा जति सेवा गर्नुभयो त्यो सेवालाई सम्मान गरेर, मेरो नेतृत्वमा भयो त्यो काम । तसर्थ चिरिबाबु तिमीले जित्नुपर्छ भनेर मलाई भोट दिए । कुरा यही हो । यसका निम्ति तपाईहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहेँ । कोभिड आउनु अगाडी मैले यही मञ्चबाट घोषणा गरेको थिएँ, तपाईलाई म पुरस्कारको व्यवस्थापन गर्छु भनेर, आज उत्कृष्ट टिमलाई हामीले एक लाख रुपैयाँ पुरस्कारको व्यवस्थापन गरेर पुरस्कार दियौँ । यहाँहरुले महानगरप्रति गर्नुभएको सेवा, त्याग छ, त्यसको हामी उच्चस्तरबाट प्रशंसा गर्छौं ।’

Skip This
Skip This
Logo