सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछः प्रधानमन्त्री दाहाल

सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछः प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् । तमु र दुरा समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा शुभकामना दिदै उनले भने, “तमु र दुरा समुदायमा मनाउने ल्होसार पर्व नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित छ ।”  तमु ल्होसारका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिका लागि उहाँले शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच पारस्परिक  सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन पे्ररणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।” प्रधानमन्त्री प्रचण्डले तमु ल्होसारले समस्त नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास पनि व्यक्त गरेका छन् ।  

Logo