पदस्थापनामा अपाङ्गता भएकालाई प्राथमिकताको माग

पदस्थापनामा अपाङ्गता भएकालाई प्राथमिकताको माग

केन्द्रबिन्दु
0
Shares

अपाङ्गता भएका शिक्षकहरुले स्थायी शिक्षकको पदस्थापनामा आफूलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । 

विगतमा पदस्थापना गर्दा पहिलो प्राथमिकता अपाङ्गता भएका शिक्षक, महिला र त्यसपछि मात्र योग्यताक्रम सूचीलाई स्थान दिने गरिएकोमा पछिल्लो संशोधनले आफूहरुलाई समस्या परेकाे शिक्षकहरुको गुनासो छ । 

नेत्रहीन युवा सङ्घ नेपाल र शिक्षा पत्रकार समाजले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा नेत्रहीन युवा सङ्घ नेपालका अध्यक्ष कलाधर भण्डारीले योग्यताक्रम सूचीबाट पदस्थापन सुरु गर्दा अपाङ्गता भएका शिक्षकलाई विद्यालय छनोट गर्न समस्या भएको बताए । आफूहरु निकै अपायक र न्यूनतम पूर्वाधार नभएको विद्यालयमा पुग्दा अध्यापनमा समेत समस्या भएको उनको भनाइ छ । 

सरकारले विगतमा शिक्षकको पदस्थापन गर्दा पहिलो प्राथमिकता अपाङ्गता भएका शिक्षकलाई दिए पनि पछिल्लो पटक पदस्थापना मापदण्ड बनाएर योग्यताक्रमलाई पहिलो प्राथमिकता दिने नीति बनाएको थियो । 

पाल्पाको मडण्ली माध्यमिक विद्यालयका शिक्षक सिर्जना ढकालले निकै टाढाको विद्यालयमा जानुपर्ने, विद्यालयहरु अपाङ्गतामैत्री नहुँदा आफूहरुले समस्या भोगेको गुनासो गरे । तत्काल यसको समाधान गर्न उनले सरकारसँग माग गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाका अधिकृत नारद धमलाले अपाङ्गता भएका शिक्षकको समस्याका बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै पदस्थापनासम्बन्धी मापदण्ड सच्याएर मात्र समस्याको समाधान गर्न सकिने विचार व्यक्त गरे । सार्वजनिक विद्यालयमा हाल ६ सयभन्दा बढी अपाङ्गता भएका शिक्षक कार्यरत छन् ।

Skip This
Skip This
Logo