सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन मच्छिन्द्रनाथलाई नियमित स्थानबाट बाहिर डबलीमा निकालेर महास्नान गराउने परम्परागत विधि छ। शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले महास्नान गराइएको मन्दिरका पुजारी एवं काठमाडौँ महानगरपालिका वडा नं. २५ का पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए। सेतो मच्छेन्द्रनाथलाई महास्नान गरिएको भोलिपल्ट घाम ताप्ने व्यवस्था गरिने विधि रहेकाले शनिबार घाममा राखिने शाक्यले बताए। महास्नानपछि पौष शुक्ल पूर्णिमासम्म दशकर्म गर्ने विधि छ। पौष शुक्ल पूर्णिमाका दिन नयाँ पहिरन लगाइदिने गरिन्छ।
यो अवसरमा वसन्तपुरस्थित कुमारी घरबाट जीवित देवी कुमारीलाई पनि मच्छिन्द्र बहालमा ल्याउने विधि छ। सनातन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले सेतो मच्छिन्द्रनाथको पूजा आराधना गर्छन्। हिन्दुले हरिहर र बौद्ध धर्मावलम्बीले आर्यावलोकितेश्वरका रूपमा सेतो मच्छिन्द्रनाथको पूजा गर्छन्।





























प्रतिक्रिया