रौतहटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका- २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना१ज ६७४९ नम्बरको म्याजिक र बा३९प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुबै जनाको टाउकोमा चोट लागेको थियो ।

दुर्घटनामा परेका सवारी तथा म्याजिक चालक चन्द्रपुर- ४ का २७ वर्षीय सहुल मियाँ नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo