कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा स्यालको टोकाइबाट ८ जना घाइते भएका छन्।
शनिबार दिउँसो घर नजिक घाँस काटी रहेका उनीहरुलाई स्यालले टोकेको हो । दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावलका अनुसार घाइते हुनेमा सरिता पुजारा, सिता पुजारा, माधवी धामी, प्रेम सिंह धामी, कलावती जोशी, बेलमती जोशी, कल्पना जोशी र सुनिता भाट रहेका छन् । स्यालले टोकेपछि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएका उनीहरुमध्ये सता पुजारा, सरिता पुजारा र बेलमती जोशीलाई बाहिर रिफर गरिएको छ । उक्त स्थानीय र प्रहरीले स्याललाई मारिदिएका छन्।































प्रतिक्रिया