अर्घाखाँचीमा ६० वर्षीया वृद्धा मृत फेला

अर्घाखाँचीमा ६० वर्षीया वृद्धा मृत फेला

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीको शितगंगा नगरपालिका- १० सिद्धारामा ६० वर्षीया वृद्धा मृत फेला परेकी छन् ।

सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दुध लिन गएकी थापा बहखोर नजिकैको खोल्सामा मृत भेटिएकी हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

Skip This
Skip This
Logo