हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। केही दिनयता देशभर बाक्लो हुस्सु लाग्दा चिसोमा उत्तारचढाव भइरहेको छ ।
आज पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको आलकन महाशाखाले गरेको छ ।
यसैबिच, विज्ञहरूले तीन दिनसम्म देशका धेरैजसो ठाउँमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन् । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनले भने, ‘पछिल्लो समय एकपछि अर्को पश्चिमी वायुका कारण चिसो बढेको छ । तीन दिनसम्म देशको धेरैजसो भागमा लगभग शीतलहरकै अवस्था रहन्छ । चिसो अझै बढ्नेछ । अरब सागरमा न्यून चापीय अवस्थाका कारण आद्रतासहितको हावा बहेर उत्तरतिर धकेलिँदा त्यसले तुँवालोको फर्मिसन गर्छ । पश्चिम बङ्गालमा पनि केही समयअघि मात्रै न्युन चापीय अवस्था सिर्जना भएको थियो । पश्चिमी वायुको प्रभाव परेका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपातको अवस्था बढेको छ ।’





























प्रतिक्रिया