यस्तो छ आजको मौसम, तराईमा बाक्लो हुस्सु र कुहिरो

यस्तो छ आजको मौसम, तराईमा बाक्लो हुस्सु र कुहिरो

केन्द्रबिन्दु
0
Shares

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिनभर नै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने भन्दै दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको छ ।

Logo