तराईमा एक हप्तादेखि शीतलहर

तराईमा एक हप्तादेखि शीतलहर

केन्द्रबिन्दु
0
Shares

तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो । नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ । सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ । महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ ।

पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु-कुहिरो लाग्दै आएको छ । आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ । पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ ।  

Skip This
Skip This
Logo