1
1
1

पाथीभरा मन्दिरको ४५ तोला सुन र १० केजी चाँदी बिक्री गरिने

1
1

२०७५ सालको साउन देखि २०७६ सालको असोज मसान्तसम्ममा ताप्लेजुङस्थित पाथीभरा देवीको मन्दिरमा भक्तजनले चढाएको करिव ४५ तोला बढी सून र १० किलोग्राम बढी चाँदी बिक्री गरिने भएको छ।  पाथीभरा देवी मन्दिर भेटिपाति व्यवस्थापन समिति अन्तर्गत सुन चाँदी व्यवस्थापन उपसमितिले शुक्रबार भक्तजनले चढाएको सुन र चाँदीलाई प्रचलित मूल्यमा बिक्री गर्ने निर्णय गर्दै सुन बिक्रीका लागि ७ दिने सार्वजनिक सूचना समेत आव्हान गरेको हो।

सुन चाँदी व्यवस्थापन उपसमितिका अन्तरिम संयोजक तथा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी सदस्य गोपाल न्यौपानेले सुन खरिद गर्न इच्छुक व्यक्ति तथा व्यावसायिक संस्थाहरूलाई कात्तिक २२ गते मध्यान्ह १२ बजे भित्र भेटिपाती व्यवस्थापन समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन्।   उप समितिले ४१ तोला ५ लाल जोखिएको सुनसहित आम्दानी बाँधेर राखेको कण्ठ, जन्तर र छड्के तिलहरीलाई बिक्रीमा लैजानेछ।

स्थानीय सुन व्यवसायी समेतका प्रतिनिधिको सुझाबका आधारमा संकलित सुनचाँदी बिक्री गरिने उप समिति संयोजक न्यौपानेले जानकारी दिए। चाँदीको परिणाम भने जोखेर यकिन गरिएको छैन। संकलनका बेला तयार गरिएको मुचुल्काका आधारमा आम्दानी बाँधेर राखिएको र भेटिपाती व्यवस्थापन समितिका पदाधिकारीको रोहवरमा जोखेर कूल परिणाम निकाल्ने तयारी गरिएको न्यौपानेले बताए।

पाथीभरा मन्दिरमा तीर्थालुले चढाएको दान तथा दातब्य संकलन गरी मन्दिरमा खटिएका प्रहरी र कर्मचारीले परिणामसहितको मुचुल्का तयार पारेर सदरमुकाममा रहेको भेटिपाति व्यवस्थापन समितिको कार्यालयमा पठाउने गरेका छन्। जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको भेटिपाति व्यवस्थापन समितिमा फुङ्लिङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय सहितका सुरक्षा निकायका प्रमुख तथा जनस्तरको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका पदाधिकारी सदस्य रहेका छन्।

निर्देशकमा काफ्लेको  नियुक्ति 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पाथीभरा क्षेत्र विकास समितिको निर्देशकमा फुङ्लिङ नगरपालिका वडा नं ५ का स्थायी बासिन्दा मनमणि काफ्लेलाई नियुक्त गरेको छ। कार्यकारी निर्देशक क्षेत्र विकास समितिको प्रशासनिक नेतृत्वकर्ताको रुपमा रहने व्यवस्था छ। पत्रकार महासंघ ताप्लेजुङ शाखाका संस्थापक सभापति समेत भइसकेका काफ्लेलाई कात्तिक ६ गतेबाट लागू हुनेगरी मन्त्रीस्तरीय निर्णयबाट कार्यकारी निर्देशकमा नियुक्त गरिएको पर्यटन मन्त्रालयले जनाएको छ।

प्रकाशित: १७ कात्तिक २०७६ १८:५१ आइतबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी