राष्ट्रपतिको सवारीमा चिकित्सकमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

राष्ट्रपतिको सवारीमा चिकित्सकमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेर थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको हो । गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । 

शुक्रबार दिउँसो राष्ट्रपति भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यसैबेला राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहलाई बोटोमा हिँडेको भन्दै सुरक्षामा खटिएका हवल्दार गुरुङले लाठी चार्ज गरेका थिए।  उनको टाउकोमा चोट पनि लागेको थियो ।

ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा शुक्रवार चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच झडपसमेत भएको थियो । आज पनि माइतीघर मण्डलामा विरोध भएकाे छ। 

Logo