पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ ।
हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४ः३५ बजेदेखि लागेको आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
सुरक्षाकर्मी र स्थानीयसहित पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाएका थिए ।
आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत छन् । सेलवेजमा आगलागीपछिसँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया