चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र [फोटोफिचर]

चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन् ।

ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् । स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आईयो तर यहाँ तालाबन्दी छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’

सरकारले सो घटनामा संलग्न एक बरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहानै देखी सरकार र चिकित्सिक संघका पदाधिकारीबीच वार्ता भईरहेको छ ।

 

Skip This
Skip This
Logo