मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसेपछि…

मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसेपछि…

केन्द्रबिन्दु
0
Shares

मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् । 

चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पु-याएको स्थानीयले बताएका छन् । गए राति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पु-याएका छन् ।

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर  स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पु-याएको छ । 

Logo