अब मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न पाइने भएको छ ।
उच्च अदालत पाटनमा परेको एक मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश सुभाष पौडेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ र हेल्मेट क्यामरा राख्न दिई सवारी साधन निर्वाध रुपमा चलाउन दिन विपक्षीको नाममा परमादेश जारी गरेको हो ।
राइड सेयरिङ प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्न केही समय यता देखि ट्राफिक प्रहरीले रोकिरहेको थियो । राखेकाे पाइए चालकलाई ट्राफिक प्रहरीले पाँच सयदेखि २० हजार रुपैयाँसम्म जरिवाना तिराउँदै आएको थियो । अदालतको आदेशसँगै अब भने चालकहरुले ‘मोबाइल स्ट्यान्ड’ अगाडि राख्दै गुगल म्यापअनुसार हिँड्नसक्ने भएका छन् ।
राइड सेयरिङ कम्पनी सजिलो साथी प्रालिका तर्फबाट डेविड चौधरी र आर्यनराज पाण्डेले गोप्रो क्यामेरा र मोबाइल स्ट्यान्ड राख्न पाउनुपर्ने मागसहित गत मंसिर २१ गते रिट दायर गरेका थिए । अदालतको फैसलाको पूर्ण पाठ भने आइसकेको छैन ।





























प्रतिक्रिया