टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको गैडहवा गाउँपालिका–६ का राजेन्द्र पाशी रहेका छन् । उनको उपचारको क्रममा भिम अस्पताल भैरहवामा बिहीबार राति सवा १० बजे मृत्यु भएको हो ।

लु ८६ प ४०५ नम्बरको मोटरसाईकल लु ४ त ४४६५ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँएको थियो । फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । 

Logo