उदयपुरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो । 

शुक्रबार साँझ घरमा बिजुली सट भएर आगलागी हुँदा जलेर घटनास्थलमा उनीहरूको मृत्यु भएको हो । आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको कारण दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, आगलागी हुँदा घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

Logo