हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पहाडी तथा तराईका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।































प्रतिक्रिया