बागमती गाउँपालिकामा क्षयरोगका बिरामी भेटिए

बागमती गाउँपालिकामा क्षयरोगका बिरामी भेटिए

केन्द्रबिन्दु
0
Shares

ललितपुरको बागमती गाउँपालिकामा तीनजना क्षयरोग लागेका व्यक्ति पहिचान भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारको थाङ्सिङटार अस्पतालमा ५४४ जनाको परीक्षण गर्दा  तीन जनामा क्षयरोग पुष्टि भएको हो। बिरामीहरूको अहिले डट्स प्रविधिबाट उपचार सुरु गरिएको बागमती गाउँपालिका स्वास्थ्य संयोजक समीर श्रेष्ठले बताए । 

स्वास्थ्य शिबिरमा ५४४ जनाको स्वास्थ्य परीक्षण भएको थियो। जसअन्तर्गत आयुर्वेदमा १७५, आँखा १३५, ल्याव सेवा ८४, प्रसुती तथा स्त्री ९८, बालरोग ९८, एक्सरे सेवा १४८, छालारोग ७२, स्त्री भिडियो एक्सरे १७, दन्त रोग ४८, जनरल मेडिसिन २०६ र पोषण ९८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले जानकारी दिए ।

विष्टले भने , ‘बागमती ४ को थाङसिङटार अस्पतालमा बृहत एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्धन अभियान अन्तर्गत निशुल्क स्वास्थ्य परीक्षण गरेका हौँ ।’ यसैगरी आइतबार बागमती गाउँपालिकाकै वडा नम्बर ७ गिम्दीमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा जेष्ठ सम्मान कार्यक्रम भएको छ। १५ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली परीक्षणमा खटिएका थिए। एकसय १० नागरिकको स्वास्थ्य परीक्षण भएको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo